मेरो सुरक्षाले ११ लाखको नि शुल्क बीमा गरिदिने, यस्ता छन शर्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

मेरो सुरक्षाले ११ लाखको नि शुल्क बीमा गरिदिने, यस्ता छन शर्त



काठमाडौ । मेरो सुरक्षाले नयाँवर्षको अवसरमा नि शुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो । यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ ।

मेरो सुरक्षाका प्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमातथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निशुल्क पाउने छन् ।

योजनामा सहभागि हुनकालागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ । बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निशुल्क बीमा योजनामा सहभागि गराइने बताइएको छ ।

मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा निशुल्क बीमा योजना ल्याएको हो । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगकै सहकार्यमा मोबाइल प्रोटेक्सन प्लान सञ्चालन गरिरहेको छ ।

केही समय अघि मात्र चितवनमा शाखाबिस्तार गरेको मेरो सुरक्षाले बैशाखको पहिलो सातादेखि बुटवलमा पनिशाखा सञ्चालनमा ल्याउँदै छ ।

कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमा भौतिकक्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सनप् लान खरीदगरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् । मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीको १ लाख रुपैंयाको निशुल्क दुर्घटना बीमा समेत गरिदिनेछ ।

मोबाइल प्रोटेक्सन प्लान लिनकालागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । मोबाइलको बीमागर्दा लाग्ने शुल्क इसेवा, खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ ।

प्रकाशित : ३ बैशाख २०७६, मंगलवार १३:१९