ज्योति विकास बैंकको “ज्योति समृद्धि बचत खाता” संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको “ज्योति समृद्धि बचत खाता” संचालनमा



ज्योति विकास बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकबाट जारी निर्देशनअनुरुप खोलौं. बैंक खाता कार्यक्रमअनुसार समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता नाराका साथ थालिएको अभियानलाई सहयोग पुर्याउने उद्देश्यअनुरुप आधुनिक बैंकिङ्ग सुविधासहित नयाँ बचत खाता “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ ।

वार्षिक ७ प्रतिशत ब्याजदर दिने यस बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खाता नहुने ग्राहकहरुले खाता खोलेमा रु. १०० बैकको तर्फबाट प्रदान गरिने र एबीबीएस, सीआस्वा, इन्टरनेट बैंकिंग जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा पनि बिशेष छुट दिइएको छ ।

हाल बैंकले ९६ वटा शाखा २ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको ५ वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले करिब २ लाख १६ हजार ७ सय २७ भन्दा बढी खाताबाट २७ अर्ब २० करोड निक्षेप संकलन गरी १५ हजारभन्दा बढी ऋणी मार्फत २३ अर्ब ९० करोड ऋण लगानी गर्न सफलभएको छ ।

प्रकाशित : 16 April, 2019 11:50 am