एनआइबीएल एसले पनि निःशुल्क डिम्याट खाता खोलिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइबीएल एसले पनि निःशुल्क डिम्याट खाता खोलिदिने



काठमाडौं ।  एनआइबीएल एस क्यापिटल लिमिटेडले सरकारको “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउन नयाँ वैशाख १ गते देखि निःशुल्क डिम्याट खाता खोल्न थालेको छ । यो सुविधा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

यस अभियानबाट विशेषतः पुँजी बजार भन्दा बाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । यसबाट सर्वसाधारणमा डिम्याट खाताको पहुँच बढाउन सहयोग पुग्ने एनआइबीएल एसले विश्वास लिएको छ ।

यस्तो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा एनआइबीएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत लालदरबार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र बुटवल स्थित शाखा कार्यालयबाट लिन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयबाट पनि निःशुल्क खाता खोल्न सकिनेछ ।

यस कम्पनीले निक्षेप सदस्य लगायत निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्था सम्बन्धी कार्य गर्दछ । एनआइबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामितवको सहायक कम्पनी हो ।

प्रकाशित : ३ बैशाख २०७६, मंगलवार ०९:३०