गणपति माइक्रोफाइनान्सको आइपीओ बैशाख ९ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गणपति माइक्रोफाइनान्सको आइपीओ बैशाख ९ देखि



काठमाडौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यो माइक्रोफाइनान्सले प्रति साधारण शेयर एक सय रुपैयाँका दरले ३ लाख ३५ हजार कित्ता शेयर मध्ये कर्मचारीलाई ५ हजार १७५ कित्ता र सामूहिक लगानी कोषका लागि १६ हजार ७५० कित्ता शेयर छुट्याएको छ ।

बाँकी ३ लाख १३ हजार ७५ कित्ता शेयरको आईपीओ निष्कासन गरेको छ । यसको आईपीओका लागि यही बैशाख ९ गतेदेखि १२ गतेसम्म आवेदन खुला रहेको छ ।

यसको न्युनतम १० र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन पाइने पनि यो वित्तीय संस्थाले जानकारी दिएको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड हो ।

प्रकाशित : २८ चैत्र २०७५, बिहीबार ०८:३३