एशियन लाईफ इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एशियन लाईफ इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि खुल्यो



काठमाडाै । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आजदेखि हकप्रद शेयर जारी गरेको छ ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको ६० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला गरेको हो । सो कम्पनीका शेयर लिईसकेका सेयरधनीहरुले ७५ लाख ४० हजार कित्ता थप शेयर हकदावीको आधारमा १००ः६० प्रतिशतको रेसियोमा खरिद गर्न पाउनेछन् । प्राथमिक शेयरकै मूल्यमा खरिद गर्न पाउने हुँदा सो बीमा कम्पनीका शेयर लिईसकेका शेयरधनीहरुका लागि यो एउटा अवसर पनि हो । केयर रेटिङबाट कम्पनीको क्रेडिट रेटिङ गराउँदा एशियन लाईफको हकप्रद शेयरको लागि ३ रेटिङ पाएको छ । ३ लाई औसत मानिएको छ ।

एक अर्ब २५ करोड चुक्ता पुँजि रहेको कम्पनीको ६० प्रतिशत अर्थात ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेपछि बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पुँजि पुग्नेछ । कम्पनीको शेयर लगतमा गत फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले नयाँ शेयर खरिद गर्न पाउनेछन् ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर ०७६ वैशाख २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ । हकप्रद आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७५, सोमबार १५:४७