दराजले ल्यायो शेक शेक क्याम्पेनः अनलाइन किनमेलको नयाँ रमाइलो तरीका ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

दराजले ल्यायो शेक शेक क्याम्पेनः अनलाइन किनमेलको नयाँ रमाइलो तरीका !



काठमाडौं ।  दराजका उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो र स्तरीय बनाउन दराजलेनयाँ दराज शेक शेक अभियानलिएर आएको छ । दराजकोशेक शेक अभियान अन्तर्गत यही एप्रील ८ (२५ चैत्र)बाट उपभोक्ताहरुले धेरै सरसामानहरुमा आकर्षक भाउचरहरु जिती ठूलो छुटको अपेक्षा राख्न सक्नेछन् । यस शेक शेक अभियान अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले एप्रील ८ देखी १२ (२५–२९ चैत्र) सम्म हरेक दिन तोकिएको
समय (शेक शेक गेम सेशन) भित्र आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ । हरेक शेक शेक गेम सेशन ६०मिनेटको हुनेछ र हरेक दिन (एप्रील ०८–१२)बिहानी १०ः३०–११ः३०, दिउसो ०३ः३०–०४ः३०, र बेलुकी ०८ः३०–०९ः३०को बिचमासुचारु हुनेछ।

दराजको एकदमैनयाँ शेक शेक विशेषता मार्फत् उपभोक्ताहरुले अन्तर्रा्ष्ट्रिय, स्वदेशी साथ साथै टप ब्राण्डहरुमाआकर्षक भाउचरहरु प्राप्त गर्न सक्ने छन् ।
आकर्षक भाउचरहरु प्राप्त गर्ने तरीका यस प्रकारको रहेको छ ः–
– हरेक दिन एप्रील ८ तारिख (२५ चैत्र) बाटबिहानी १०ः३० देखी बेलुकी ०९ः३० सम्म दराज एपमा लगीन हुनुपर्ने
– दराज एपको गृहपृष्ठमा दराजको ड्याज देख्ना साथ फोन हल्लाउन तयार रहनुपर्ने
– शेक शेक गेम सेशन सुरु हुनसाथ आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने
– आकर्षक भाउचरहरु प्राप्त गर्ने र जितेका भाउचरहरुको प्रयोग १७तारिख(वैशाख ४)सम्मगर्ने
जितेका भाउचरहरुको अवधि एप्रीलको १७ तारिख सम्म मात्र रहेको छ ।

दराजले ल्याएको नयाँ शेक शेक विशेषताको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो एह्लेरिङले

“शेक शेक दराजमा थपिएका विशेषताहरु मद्धे अहिलेसम्मकै सबैभन्दा मज्जाको विशेषता रहेको बताए । यो रमाइलो, नौलो र आकर्षक छ । यस द्वारा उपभोक्ताहरुलाई हामी रमाइलोर अनुपम किनमेलको अनुभव प्रदान गर्ने आशा गर्दछौं ।”

यो अभियानको झन धेरै मज्जा उठाउन दराजले नव वर्षको उपलक्षमा उपभोक्ताहरुका लागि दराज नव वर्ष धमाका अभियान यसै एप्रील१० देखी १७(चैत्र २७– वैशाख ४)सम्म लागू गर्दैछ । उक्तअभियान द्वारा उपभोक्ताहरुले अन्तर्रा्ष्ट्रिय, स्वदेशी साथ साथै टप ब्राण्ड तथा धेरै सरसामानहरुमा हरुमा६०%सम्मको भारी छूट, मेगा भाउचरहरु, क्रेजी भाउचरहरु, क्रेजी फ्ल्यास सेल तथा मिस्ट्री बक्स्प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : २४ चैत्र २०७५, आईतवार १७:१८