काठमाडौं / सुकेधारामा निहोन एजुकेसन कल्चर्स स्थापना भएको छ । बाग्मती बोर्डिङ स्कुलमा स्थापना भएको यस संस्थाले जापानिज भाषाका विभिन्न कोर्सको अध्ययन अध्यापन गराउनेछ । पूर्वरक्षामन्त्री एवं सांसद भीमसेनदास प्रधान र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले संयुक्त रूपमा सो केन्द्र उद्घाटन गरेका हुन् ।
पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले जसरी भगवान् गौतम बुद्धका कारण नेपाल–जापानबीच सम्बन्ध स्थापित भएको छ, त्यसलाई अझ उचाइमा पु¥याउन यस निहोन एजुकेसन कल्चर्स सेन्टरले सहयोग गर्ने अपेक्षा गरिएको बताए । यस केन्द्रमा अध्यापन गराउने विभिन्न विश्वविद्यालयका प्रोफेसरले गर्दा अध्ययन गर्ने विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने र नेपालीहरूलाई जापानिज भाषा र संस्कृतिको ज्ञान दिन यस एजुकेसन कल्चर्स सेन्टर सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।
नेपालका लागि जापानी राजदूत सामामिची साइगोले नेपाल–जापान सम्बन्ध सांस्कृतिक धार्मिक र आर्थिक रूपमा अत्यन्त मजबुत रहेको भन्दै यस्ता अध्ययन केन्द्रको माध्यमबाट अझ दुई देशबीचको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धको विकासमा मद्दत गर्ने बताए । हालै नेपाल सरकार र जापान सरकारबीच भएको उच्चस्तरीय भ्रमण र बैठकका कारण दुई देशबीच श्रम सम्झौता भएको उल्लेख गर्दै राजदूतले जानका लागि दक्ष–अर्धदक्ष कामदारको ठूलो आवश्यकता रहेको तर जापानिज भाषा र संस्कृतिको जानकार हुनुपर्ने हुँदा त्यसलाई पूरा गर्न यस अध्ययन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रा.डा. सुरेन्द्र सिटौलाले जापान र नेपालको सम्बन्ध ऐतिहासिक रहेको र त्यसलाई प्राविधिक र गुणस्तरीय शिक्षाबाट समेट्नुपर्ने धारणा राखे । उनले नेपाली विद्यार्थी जापानिज भाषामा पोख्त भई जापान गएको अवस्थामा रोजगारीको साथै राम्राराम्रा विश्वविद्यालयमा अध्ययनको अवसरसमेत पाउने बताए । नेपाल–जापान फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लेखनाथ घिमिरे, पूर्वसचिव तुलसी सिटौलालगायतको उपस्थिति रहेको थियो ।
Comment