एशियन लाईफ इन्स्योरेन्स कम्पनी १२ औँ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एशियन लाईफ इन्स्योरेन्स कम्पनी १२ औँ वर्षमा प्रवेश



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी १२ औँ वर्षमा प्रवेश गरेको छ । १२ औँ वषर्मा प्रवेश गरेको उपलक्ष्यमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवालाई विशेष प्राथमिकता दिई नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालयमा रक्तदान कार्यक्रममा गरेको थियो । मैतीदेवी स्थित प्रधान कार्यालयमा लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ८६.जनाले रक्तदान गरेका थिए ।

सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरेको थियो । वार्षिकोत्सवकै अवसरमा इन्स्योरेन्सले काठमाडौंमा जीवन बीमा सम्बन्धी जनचेतनामूलक प्रभात फेरी कार्यक्रम साथै मैतिदेवी मन्दिर परिसर सरसफाई, एचआइभी शिक्षा सदन (बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७५, शुक्रबार ११:५५