नबिल बैंकले कमायो १ अर्ब ३५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकले कमायो १ अर्ब ३५ करोड



money2-390x293काठमाडौं। ४ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी भएको नबिल बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्ष भन्दा २१ दशमलव ५९ प्रतिशतले वृद्धि गरी १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ कमाउन सफल भएको छ भने गत वर्ष सोहि अवधिमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले जगेडाकोषमा ६ अर्ब ८ करोड १९ लाख रुपैयाँ राखिएको छ । बैंकले निक्षेपमा गत वर्ष भन्दा २२ दशमलव ०७ प्रतिशतले वृद्धि गरी १ खर्ब ८ अर्ब ३७ करोड २५ लाख रुपैयाँ संकलन गरी कर्जा तर्फ गत वर्ष भन्दा ४ दशमलव ६१ प्रतिशतले बढाएर ६५ अर्ब ६५ लाख रुपैयाँ लगानी गरेकोे छ । गत बर्ष सोहि अवधिमा ६४ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ कर्जा पु¥याएकोे थियो । बैंकले कर्जा लगानी गरी खुद व्याज आम्दानी गत वर्ष भन्दा ६ दशमलव १६ प्रतिशतले बढेर १ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष सोहि अवधिमा १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । त्यसैगरी बैंकको सञ्चालन मुनाफा गत बर्षको भन्दा ११ दशमलव ०९ प्रतिशतले वृद्धि गरी १ अर्ब ९० करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजन ५४ लाख रुपैयाँ राखिएको छ भने १४ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

कम्पनीको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी (वार्षिक) ५७ दशमलव ९९ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात (वार्षिक) ३२ दशमलव ४६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय २८ रुपैयाँ रहेको छ । जोखिम युक्त सम्पति १ दशमलव ६२ प्रतिशतले बढेर १३ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव ४ प्रतिशतले घटेर १ दशमलव ७० प्रतिशत रहेको छ ।

प्रकाशित : २४ माघ २०७२, आईतवार ०६:४४