काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले जारी गरेको दोस्रो दिन मै मागभएभन्दा १.२५ गुण बढी शेयर आवेदन परेको छ । सेयर बजार घट्दो अवस्थामा रहेको वर्तमान समयमा हिमालय उर्जामा लगानीकर्ताहरुको आकर्षणलाई सेयर बजार क्षेत्रमा उत्साहजनक सहभागिताको रुपमा लिएको छ । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले यही चैत २० गतेदेखि १४,८५,००० कित्ता सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो सेयरको लागि पहिलो दिन साँझ ५ बजेसम्ममा पनि २१,५८० जना आवेदकहरुले १६,७०,९०० कित्ता सेयरको लागि रु. १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका थिए ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–क्ष्क्ष् गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
Comment