आज देशभर ६२औं राष्ट्रिय सहकारी दिवस मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज देशभर ६२औं राष्ट्रिय सहकारी दिवस मनाईंदै



काठमाडाै । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो ।त्यहि दिनको सम्झनामा चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३५ हजार सहकारी संस्था छन् ।रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रकाशित : २० चैत्र २०७५, बुधबार ०७:०८