सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने



काठमाडौ । सन्राइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरmको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरm पनि समावेश गरेको छ । समावेश गरिएको अस्पतालहरmको सुची सन्राइज बैंकको औपचारीक वेभसाइटमा हेर्न सकिन्छ ।

सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।

बिगतका योजना अनुसार बर्षमा एक चोटी बीमा दाबी गर्न सकिन्थ्यो भने चैत १, २०७५ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सन्राइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरmमा २० प्रतिशतसम्म छुट दिदै आएको छ ।

प्रकाशित : १३ चैत्र २०७५, बुधबार १२:३२