ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत



काठमाडाै । ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकले कुल १३ लाख ४४ हजार ५३१.२९ कित्ता संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरी सेयर संरचना ५५ः४५ अनुपात कायम गरेको छ ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

बैंकले गत असोज २९ गते साधारण सभामा संस्थापक सेयरको हिस्सा घटाउने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम अहिले संस्थापक सेयरको हिस्सा ५५ प्रतिशतमा झारेको हो ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलवार १५:४३