मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सूरक्षित गर्नुभो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सूरक्षित गर्नुभो ?



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ९९ प्रतिशत लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४९ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले बुक क्लोज चैत्र ११ गते अर्थात भोलि बन्द गर्ने भएको छ । आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

कम्पनीको दशौं वार्षिक साधारण सभा चैत्र २३ गते बौवा होटलको सभा हल, धनुषामा बिहान ११ बजे हुने भएको छ ।

प्रकाशित : १० चैत्र २०७५, आईतवार ११:२८