जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी



काठमाडौं। गतसाता चितवनको सौराहमा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंकको टिम विजयी भएको छ । पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्टले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।

बैंकले यस अघि पनि विभिन्न कर्पोरेट खेलकुदहरुमा आफ्नो सहभागिता जनाउदै आएको छ।
हाल बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन् भने करिब १४ लाख ५० हजार ग्राहक आवद्ध छन् ।

प्रकाशित : ८ चैत्र २०७५, शुक्रबार ११:४२