गरिमा विकास बैंकको शाखा ललितपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको शाखा ललितपुरमा



ललितपुर / गरिमा विकास बैंक लिमिटेडले विहीबार ललितपुरको कुमारीपाटीमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गर्नुभएको हो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५ चैत्र ६ गतेसम्मरु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।

प्रकाशित : ८ चैत्र २०७५, शुक्रबार १०:५४