बैंक अफ काठमाडूको योजनाः भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाडूको योजनाः भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत फिर्ता



काठमाडौं । बैंक अफ काठमाडौंले भिसा कार्ड वाहक ग्राहकहरूका लागी कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकले न्यूनतम व्यक्तिगत कारोबार सिमा १ हजार तोकिएको छ जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय कायम गरेको छ ।

यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा ५ हजार तोकेको छ । बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पिओएस टर्मिनलमा तथा ई-कर्मस कारोबारहरूमा लागु हुने छ ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १५:४७