एक्सेल डेभलपमेन्ट बैंकका दुई ओटा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंकका दुई ओटा शाखा विस्तार



काठमाडौं । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले सोमबार दुई ओटा शाखाको औपचारीक विस्तार गरेको छ । झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा रहेको शाखा गरी दुई ओटै शाखाको उद्घाटन गरिएको हो । बनियानी शाखाको कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो ।

त्यसैगरी सोमवारे शाखाको प्रदेश नंं १ का प्रदेश सभासद बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र वैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गर्नु भएको हो । उद्घाटन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, ब्यापारी तथा स्थानिय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थीती रहेको उक्त कार्यक्रमको संञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गर्नु भएको थियो ।

बैंकले अझै श्ँँख्ँँ विस्तारको लक्ष्य राखेको छ, आज मंगलबार नै अर्जुनधारा नगरपालिका ३ मा रहेको खुदुनावारी शाखाको उद्घाटन गरिदै छ भने त्यत्सै आउदो विहिबार विर्तामोड नगरपालिका ७ स्थित गरामनी शाखाको उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ । त्यसैगरी बैक निकट भविष्यमै पाचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि पुग्ने भएको छ । ६९ करोड २६ लाख ७४ हजार चुक्ता पू‘जी रहेको बैंकको कर्जा ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप ६ अर्व २५ करोड पुगेको छ ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १५:१४