नागबेली लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागबेली लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १५ गते



काठमाडौं / नागबेली लघुवित्त वित्तीय संस्थाले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ९.३८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४९प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस वितरणपछि कायम हुने पुँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि लैजानेछ ।

साधारण सभा झापाको बिर्तामोडस्थित आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि फागुन २९ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ । फागुन २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र ९.३८ प्रतिशत बोनस पाउनेछन् ।

नागबेलीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्नेछ । यस पुँजीको पनि २५प्रतिशतहकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १३:२३