काठमाडौं / युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै बिक्री गरेको ९६ लाख ६१ हजार ६१० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत गरेको हो ।
कम्पनीले फागुन १५ गते आइपीओ बाँडफाँट गरेको थियो । यसमा १३ सय कित्तासम्म आवेदन दिएका सबैलाई माग अनुसार नै सेयर दिइएको थियो । यस्तै, १३ सय ५० कित्ता भन्दा माथि आवेदन दिनेलाई १३ सय ५० कित्ताको दरले सेयर बाँडफाँट गरिएको थियो । १५७ जनालाई गोलाप्रथामार्फत थप १० कित्ता सेयर दिइएको थियो ।
Comment