मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा चैत ९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा चैत ९ गते



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चैत ९ गते साधारण सभा बोलाएको छ । बैंकले लगानीकर्तालाई १७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । मितेरीले गत वर्षको नाफाबाट .यो बोनस दिन लागेको हो । बोनस वितरणमा बैंकले ८ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

यसैगरी, बोनसमा लाग्ने कर तिर्न मितेरीले ४४ लाख ७३ हजार ६८४ रुपैयाँ २१ पैसा बराबरको नगद लाभांश पनि वितरण गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गरेको छ । फागुन १४ गते सम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार ०८:११