सेञ्चुरी कमर्सियल बैंकको शाखा अछाम जिल्लाको चौरपाटीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी कमर्सियल बैंकको शाखा अछाम जिल्लाको चौरपाटीमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो शाखा अछाम जिल्लाको चौरपाटीमा विस्तार गरेको छ । बैंकले आईतबार अछामको उक्त स्थानमा एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो । यससँगै बैंकका शाखा कार्यालयहरुको संख्या १ सय ११ पुगेको छ । शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार ०८:०५