माउन्टेन हाइड्रोकाे शेयर बाँडफाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माउन्टेन हाइड्रोकाे शेयर बाँडफाट



काठमाडौ ।माउन्टेन हाइड्रोले सर्बसाधारणमा बिक्री गरेको १८ लाख १६ हजार कित्ता साधारण शेयर (आइपीओ) आइतबार बाँडफाँट भएको छ ।

कम्पनीको आईपिओ आवेदन दिने २६ हजार ९ सय ७३ आवेदकले ३० कित्ता शेयर हात पारेका छन २३ हजार ९ सय ६५ जना आवेदकले ४० कित्ताका दरले शेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आइपीओमा आवेदन गर्ने कुल आवेदकमध्य १६ जना आवेदकको आवेदन रद्द भएको छ भने बाँकि रहेको ५० हजार ९ सय ३८ जना आवेदकलाई ३० कित्ताको दरले आइपीओ बाँडफँड गरीको छ । यसरी बाँडफाँड गर्दा बाँकि रहेको शेयर गोलाप्रथाबाट ५० देखि ९ हजार ७५० कित्तासम्म आवेदन गरेका २३ हजार ९ सय ६५ जना आवेदकलाई १० कित्ता थप गरी ४० कित्ता बाँडफँड गरीएको छ ।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो जसमा ३३ लाख ९६ हजार ३५० कित्ताको लागि आवेदन परेको थियो ।

हाइड्रोपावरले कुल निष्काशनमध्य ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएकोले बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने ब्यवस्था रहेको थियो ।

कुल लागत चार अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ रहेको छ ।हाइड्रोपावरको साधारण लगानी फिर्ता हुन ८ दशमलव २७ वर्ष लाग्ने अनुमान गरीको छ ।

पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको माउन्टेनको आइपीओ पछि  चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ३ चैत्र २०७५, आईतवार ११:५०