माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाटँ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाटँ हुने



काठमाडाै । माउन्टेन हाइड्रोको आइपीओ आइतबार (चैत ३ गते) बाँडफाटँ हुने भएको छ । बाडफाटँ आइतबार बिहान १० बजे सिद्धार्थ क्यपिटलको केन्द्रीय कार्यालय नक्सालमा हुनेछ ।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ६७२ जनाले सेयर भरेका छन् ।

आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यसको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ छ । यसैगरी, प्रति मेगावट लागत १९ करोड ८२ लाख २७ हजार १६८ रुपैयाँ छ । यसमा लगानी फिर्ता हुन ८।२७ वर्ष लाग्नेछ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भने १०.७२ वर्ष छ ।

प्रकाशित : १ चैत्र २०७५, शुक्रबार ०८:४४