पाँच लाखभन्दा बढी कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँच लाखभन्दा बढी कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य



 

काठमाडौं । वैशाखदेखि अनिवार्य रुपमा प्यान लगाउने विषयमा नेपाल धितोपत्र बोर्ड नरम भएको छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै एकपटकमा पाँच लाखभन्दा बढी कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य गरिएको छ भने त्योभन्दा कम कारोबार गर्नेलाई ऐच्छिक गरेको छ । ओरालो लागेको शेयर बजारलाई उकास्न लगानीकर्ताले हारगुहार गर्न थालेपछि सरकारले त्यस्तो निर्णय गर्न पुगेको हो ।
सरकारले आगामी वैशाखदेखि शेयर खरिदमा आनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) गर्ने तयारी थालेपछि लगानीकर्ता त्यसका विरुद्धका उत्रिएका छन् । बुधबारमात्र लगानीकर्ताले राजस्व सचिव लालशंकर घिमिरेलाई भेट गरी प्यान वैशाखदेखि अनिवार्य रुपमा लागु नगर्न आग्रह गरेका थिए ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहीबार १६:२९