एनएमबी बैंकको ऋणपत्र निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी बैंकको ऋणपत्र निश्कासन



काठमाडाै । एनएमबी बैंक लिमीटेडले आजदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निश्कासन गरेको छ । बैंकले रु. १००० दरका कुल ३० लाख कित्ता ऋणपत्र निश्कासन गरेको हो । ऋणपत्रमा छिटोमा चैत ४ गतेभित्र र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ‘१० प्रतिशत एनएमबी डिवेञ्चर–२०८५’ नामको ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ भने ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता डिवेञ्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋणपूँजी(६० हजार कित्ता म्युचुअल फण्डका लागि) सर्वसाधारणका लागि छुट्याइएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहीबार १०:२६