सनराइज बैंक र भारतको दुई वटा हस्पिटलबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक र भारतको दुई वटा हस्पिटलबीच सम्झौता



काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित बीएलके सुपर स्पेशलिटी र ननाभाती सुपर स्पेशलिटी हस्पिटल सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्ने छ ।

सो सम्बन्धि सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका हुन् । बीएलके सुपर स्पेशलिटी र ननाभाती सुपर स्पेशलिटी हस्पिटल भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु हन् जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् ।

उक्त सम्झौता अनुसार सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहीबार १०:२२