नेपाल बङ्ग्लादेश बैंकका ४ नयाँ शाखा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बङ्ग्लादेश बैंकका ४ नयाँ शाखा संचालनमा



काठमाडाैं । नेपाल बङ्ग्लादेश बैंकले ४ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले टिमुरे, महेन्द्रनगर, टिकापुर र कोहलपुरमा शाखा संचालनमा ल्याएको हो ।

शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैैकका देसभरि ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा र ६६ एटिएम छन् ।

प्रकाशित : २९ फाल्गुन २०७५, बुधबार १२:१५