सहकारीले सदस्यलाई बचत मात्र गर्न सिकाएर भएन , व्यवसायीक पनि बनाउन सहयोग गर्नु पर्छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीले सदस्यलाई बचत मात्र गर्न सिकाएर भएन , व्यवसायीक पनि बनाउन सहयोग गर्नु पर्छः अर्थमन्त्री



काठमाडौ। अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीहरुले सदस्यहरुलाई बचत गर्नेमात्र नभइ बचत परिचालन गर्ने र व्यवसायमुखी बनाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा सम्पन्न साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिकोत्सवको अवसरमा मन्त्री खतिवडाले अहिलेको समयमा व्यवसाय महत्वपूर्ण हुने भएकाले किसानहरुलाई व्यवसायीमुखी बनाउनुपर्ने बताएका हुन् ।

अझैसम्मपनि २० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि नै रहेको भन्दै उनले ती गरिबहरुको जीवनस्तर उकास्नका लागि सहकारीहरुले प्रतिवेदन तयार गर्नुपर्ने र व्यवसायोन्मुख बनाउनुपर्नेमा जोड दिएका हुन् ।

विभिन्न वित्तीय संस्थाहरुको स्तरगत विकासका लागि विभिन्न वैदेशिक दातृनिकायहरुसँग पनि कुरा भइरहेकाले सस्तो र सहज ब्याजदरमा ऋण ल्याउनपनि सहज हुने उनको भनाइ छ ।

साना किसान लघुवित्त वित्तीय संस्थाका पूर्वप्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले नेपालमा कृषिको क्षेत्रमा विकास गर्नका लागि आधुनिकता र अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

सो संस्थाले अर्धवार्षिक अवधिमा २३ करोड ९१ लाख खुद मुनाफा गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले जानकारी दिए ।

२०७५ पुससम्ममा संस्थाको कुल सम्पत्ति १६ प्रतिशतले वृद्धि भइ कुल सम्पत्ति २० अर्ब पुगेको जनाएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलवार ०८:४१