चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १६ गते



काठमाडौं / चौतारी लघुवित्त वित्तीय संस्थाले चैत १६ गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली कटेज एन्ड रेष्टुरेन्ट, सुख्खानगर बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । चौतारीले मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव लैजाँदैछ । यसैगरी, कार्य क्षेत्र विस्तार गरी राष्ट्रिस्तरको लघुवित्त बनाउने प्रस्ताव पनि अनुमोदन गराउनेछ ।

चौतारीले हाल १५ जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएको छ । यसलाई बढाएर देशव्यापी बनाउन लागिएको हो । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । यसैगरी, रिक्त सञ्चालक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने एजेन्डा पनि रहनेछ । सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम छ ।

प्रकाशित : २६ फाल्गुन २०७५, आईतवार ०८:१७