आइएमई जनरल इन्सुरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्सुरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला



काठमाडौं / आइएमई जनरल इन्सुरेन्सको बुधबार देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला भएको छ । यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामीमा ल्याइएको हो ।

कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । यस लिलामीमा आवेदन दिने अन्तिम म्याद फागुन ३० गते अपराह्न ३ बजेसम्म हुनेछ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् ।

ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार १०:४४