काठमाडौं । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसन अन्तर्गत विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ ।
‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष राजन गोंगजुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवा लिने सेवाग्राही लाभान्वित हुने बताए । अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको बताए ।
Comment