नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद बिक्री खुला



काठमाडौं । नेपाल इन्सुरेन्सको ६५प्रतिशत हकप्रद मंगलबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । १ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् । यसमा चैत्र २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५४ पैसा छ ।

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलवार १०:५५