नेपाल लाइफ इन्स्योरेन्सले ४८दशमलव ५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्सले ४८दशमलव ५ प्रतिशत लाभांश दिने



काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले फागुन १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक सभाको मितिमा तत्काल कायम रहने शेयरधनीलाई आव २०७४/७५ को मुनाफाबाट लाभांश दिने भएको छ ।

कम्पनीले शेयरधनीहरलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशतका दरले १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता र २३ दशमलव ५ प्रतिशतका दरले १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२ दशमलव २८ रुपैयाँ दिने भएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार १७:२०