११ अर्ब ९० करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

११ अर्ब ९० करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्रीमा



 

काठमाडाै । नेपाल राष्ट्र बैंकले ११ अर्ब ९० करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्रीमा राखेको छ । केन्द्रिय बैंकले तीन फरक फरक अवधिको बिल विक्रीमार्फत ठुलो रकम तान्न लागेको हो ।

केन्द्रिय बैंकले पुरानै परिपक्व भइसकेको ट्रेजरी बिललाई नविकरण गर्न लागेको हो । वित्तीय बजारमा तरलता बढदै गएपछि राष्ट्र बैंकले बिल मार्फत पैसा तान्न लगेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ३ अर्ब २५ करोड रुपैयाँ, ९१ दिन अवधिको ३ अर्ब १३ करोड र १ सय ८२ दिन अवधिको ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बाराबरको बिल नविकरण गर्न लागेको हो । त्यसका लागि आइतबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने केन्द्रिय बैंकले जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार १०:३३