कृषिमा आत्मानिर्भर बनाउन सरकारी अनुदान :अर्थमन्त्री खतिवडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कृषिमा आत्मानिर्भर बनाउन सरकारी अनुदान :अर्थमन्त्री खतिवडा



काठमाडाै । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमार्फत सामूहिकरुपमा व्यवसायिक खेती गरेमा कृषिमा छिट्टै आत्मनिर्भर हुन सकिने बताएका छन् । कृषि उत्पादनमा आत्मननिर्भर हुनुका साथै निर्यात समेत गर्न सकिने उनले बताए । साना किसान विकास लघुवित्त वित्तिय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघको आयोजनामा भएको साना किसान सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले उन्नत बिउजिबज, प्रविधि र यान्त्रिकरणका लागि सहकारी खेती अत्यावश्यक भएको बताए ।

सहकारीमार्फत व्यवसायिक ढंगले उत्पादन गर्न सके केही वर्षभित्रै कृषिमा आत्मनिर्भर हुन सकिने र सधैं साना किसान भएर मात्र नहुने भन्दै अर्थमन्त्री खतिवडाले कृषिका ठूला आयोजना सञ्चालन गर्न सक्नुपर्ने समेत बताए छन् ।

लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले अनुदान दिने गरेपनि वास्तविक किसानले अनुदान पाउन नसकेको खतिवडाले बताए । ‘उनले भने कृषि उत्पादनमा किन लागत बढी भयो खोजबिन गर्न आवश्यक छ ।’ दाना महंगो पर्ने भएकाले घाँसमा आधारित गाईवस्तु पाल्नुपर्नेमा उनले जोड दिए ।

कृषि मन्त्रालयका अन्तरगतका कार्यक्रमहरुमा सरकारले सबैभन्दा धेरै अनुदान दिइरहेको छ । तर उक्त अनुदान कृषकले नपाएको गुनासो झनै बढी आउने गरेको छ । विभिन्न निकायहरुमा बारम्बार हाम्रो अनुदान कहाँ जान्छ भन्ने प्रश्न उठीरहेको छ । सो अनुदान वास्तविक किसनाहरुले अझै पाउँन सकेका छैनन् । सरकारको लागि यो निकै चासोको विषय बनेको छ । सम्बिन्धीत क्षेत्रमा सरकारको अनुदान पुर्याउने प्रभावकारी माध्यमको खोजि सरकारले गरिरहेको छ ।

मन्त्री खतिवडाले स्थानीय तहले सडक मात्र ध्यानमा राख्नुभन्दा सन्तुलित ढंगले विकास गर्नुपर्नेमा जोड दिए । सरोकारवाला निकायले संघीय संरचनाको सदुपयोग गर्दै अधिकतम लाभ लिन सक्नुपर्ने उनले बताए ।

कृषिका जोखिम न्यूनिकरण गर्न किसानलाई राज्यले संरक्षण गर्दै आएको उनको भनाइ छ । गरिबी निवारण गर्न र कृषिमा आत्मनिर्भर हुन सहकारीको भूमिका महत्वपूर्ण हुने खतिवडाले बताए । कृषि, उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारीले मुख्य भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ छ ।

सहकारीमार्फत लघु बिमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढाउनुपर्ने भन्दै पछिल्लो समयमा सरकारले बीमा मार्फत कृषिको जोखिम व्यवस्थापन गर्दै गएको दावी गरे । कृषि क्षेत्रको विकासका लागि दीर्घकालिन रणनीति बनाएर कृषिको उत्पादनमा प्राथमिकताका साथ जान सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

प्रदेश नं. ३ का सांसद पशुपति चौलागाईले कृषिबाटै आर्थिक संमृद्धि हासिल गर्न सकिने बताए । कृषिमा आश्रीत प्रतिशत र संख्या घटाएर कृषि उत्पादकत्व बढाउने योजना बन्न आवश्यक भएको बताउदै कृषिको रुपान्तरणका लागि प्रदेश सरकारले कुन विधिबाट जान सकिन्छ भनेर योजना बनाइरहेको उनले बताए ।
२० वर्षे कृषि रणनीतिका कारण कृषिमा धराशायी भएको उनको भनाइ थियो । अहिलेको विधिबाट परिवर्तन सम्भव छैन ः उनले भने, नयाँ तरिकाबाट कृषिको आधुनिकरण गर्नुपर्छ ।

कृषिमा ऋण पाउन र बीमामा समेत समस्या भएका कारण कृषि फस्टाउन नसकेको उनले बताए । उत्पादन, बजारीकरण र प्रशोधनमा सहकारीले रचनात्मक काम गर्न सक्ने तर सरकारले उत्पादनमा जान स्पष्ट बाटो देखाउनुपर्नेे बताए ।

नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले बजार व्यवस्थापन हुन नसकेका कारण कृषक मारमा परेको गुनासो गरे । अध्यक्ष पाठकले भने सहकारी र सरकार मिलेर उत्पादन, बजारीकरण र भण्डारण गर्न सकिएको छैन सम्वन्धित निकायको यसमा ध्यान जान आवश्यक छ । पशुपालनमा दिएको सरकारको सहुलियत कर्जाले केही राहत भएपनि अपुग भएको र दुधजन्यमा पनि सहुलियत व्याज आवश्यकक भएको उनको भनाई छ । प्राविधिक ज्ञान नहुँदा कृषक मारमा परेको भन्दै अध्यक्ष पाठकले प्रविधि सिकाउन साना किसानका सदस्यलाई इजरायल पठाउने गरिएको जानकारी दिए ।

प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार ०७:२६