ललितपुर / ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरी बजगाइ निर्वाचित भएका छन् । संघको शनिवार भएको २४ औं वार्षिक साधारणसभाले बजगाइको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संघका वर्तमान अध्यक्ष रामशरण घिमिरे र सचिव रामहरि बजगाई प्यानल बिच भएको प्रतिश्पर्धामा बजगाई प्यानलको बाहुल्यतामा सदस्यहरु निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा करुणारत्न बज्राचार्य, महिला उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा श्यामकुमार महर्जन र कोषाध्यक्षमा दिपक घिमिरे निर्वाचित भएका छन् ।
त्यसैगरी संचालकमा नवराज शिवाकोटी, रुपेश तिमल्सिना, सुशीलचन्द्र घिमिरे, सानुकाजी महर्जन, बसन्त माली, कृष्ण श्रेष्ठ, नरेश महर्जन र सरिता अवाले निर्वाचित भएका हुन भने घिमिरे प्यानलबाट संचालकमा नरेन्द्र महर्जन तथा उज्वला बज्राचार्य निर्वाचित भएका हुन । लेखा तथा सुपरिवेक्षण समितिको संयोजनमा अशोक महर्जन तथा सदस्यमा राजेन्द्र घिमिरे र जितेन्द्र महर्जन निर्वाचित भएका छन् । घिमिरे प्रजातान्त्रिक पक्षबाट थिए भने बजगाईं वामपन्थी पक्षबाट चुनावी मैदानमा उत्रिएका थिए ।
घिमिरे समुहको बरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा लजना श्रेष्ठ, सचिवमा शशि खड्का र कोषाध्यक्षमा विभूषण शाक्य मैदानमा उत्रिएका थिए । त्यसैगरी सदस्यहरु रमेश कुमार सिलवाल, जयकृष्ण बोगटी, किशोर घिमिरे, सारनाथ महर्जन, भूषणनाथ शर्मा, राजकृष्ण महर्जन, श्याम वस्ताकोटी, रामगोपाल महर्जन, नरेन्द्र महर्जन र उज्जवला बज्राचार्य उम्मेदवार बनेका थिए । लेखा सुपरिवेक्षण समिति संयोजकमा राजु ताम्राकार र सदस्यहरुमा दिनेश सिंह र चन्द्र बहादुर महर्जन थिए।
Comment