प्रभु बैंकको साधारण सभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको साधारण सभा आज



काठमाडौं । प्रभु बैंक लिमिटेडको १७ औंं वार्षिक साधारण सभा फागुन १९ गते आइतार हुने भएको छ ।

कम्पनीको सभा आइतबार दिउँसो १ बजे, कम्पनीको केन्द्रिय कार्यालय, बबरमहलमा हुने भएको छ ।
सभामा कम्पनीले आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले फागुन ६ गतेदेखि १९ गतेसम्म शेयर दाखिला बन्द गरिएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार ०८:४७