मुक्तिनाथ विकास बैंकले घटायाे कर्जाकाे ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले घटायाे कर्जाकाे ब्याज



काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।

बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको जानकारी बैंकले दिएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार १४:४०