काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले बुधबार आह्वान–पत्र सार्वजनिक गर्दै २ लाख ५२ हजार कित्ता सेयर अर्थात २ करोड ५२ लाख रुपैयाँ बराबरको आईपीओ खुला गर्ने जानकारी दिएको थियो ।
संस्थाको आईपीओका लागि आगामी २६ गतेदेखि आवेदन खुला हुनेछ । संस्थाको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ ।
Comment