एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र आइएमई जनरल कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : 27 February, 2019 6:28 pm