सेन्ट्रल फाइनान्स वार्षिक साधारण सभा चैत्र ५ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्ट्रल फाइनान्स वार्षिक साधारण सभा चैत्र ५ गते हुने



काठमाडौं। सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा चैत्र ५ गते हुने भएको छ ।

कम्पनीले फागुन १२ गते बसेको संचालक समितिको बैठकबाट २२ औं वार्षिक साधारण सभा चैत्र ५ गते गर्ने र उक्त सभामा नगद लाभांश दिने निर्णय भएको छ । जसको लागि कम्पनीले बुक क्लोज फागुन २३ गते बिहिबारका दिन बन्द गर्ने भएको छ ।

साधारण सभा बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा हुने भएको छ । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त नगद लाभांश फागुन २२ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार १५:०३