मुक्तिनाथ विकास बैंक शाखा बिस्तारमा आक्रमक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक शाखा बिस्तारमा आक्रमक



काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कास्की जिल्लाको अमरसिङ्गचोक, जिरो किमी तथा लामाचौर गरी आफ्ना तीन शाखा कार्यालय विस्तार गरेको छ ।

अमरसिङ्ग शाखाको समुद्घाटन प्रदेश नं ४ का प्रदेशसभा सांसद मन बहादुर गुरुङले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै गुरुङले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रवर्धनको शुभकामना व्यक्त गरेका थिए ।

जिरो किमी शाखाको समुद्घाटन आर्थिक योजना तथा मामिलामन्त्री किरण गुरुङले गरेका थिए । शाखा कार्यालय समुद्घाटन गर्दै मन्त्री गुरुङले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्न जोड दिएका थिए ।

लामाचौर शाखाको समुद्घाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार ०९:३१