गरिमा विकास बैकद्धारा मृतक ग्राहकको ऋण मिनाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैकद्धारा मृतक ग्राहकको ऋण मिनाहा



काठमाडौं।  गरिमा बिकास बैकले मृतक ग्राहक जित बहादुर बिक सुनारको ऋण मिनाहा गरेको छ । बैकको शाखा कार्यालय तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३२, तल्लोगगन गौडा निवासी ४२ बर्षका जित बहादुर बिक सुनारको असामायिक मृत्यु भएकोले बैकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ मिनाहा गरेको छ ।

बैकले एक कार्यक्रमको आयोजना गरि स्व. सुनारकी धर्मपत्नी सुमन बिक सुनारलाई १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ बराबरको चेक हस्तन्तरण गरेको छ ।

बैकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिदै आएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७५, बिहीबार १६:०१