सिभिल बैंकले ४ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकले ४ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सिभिल बैंक लिमिटेडले ४ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले फागुन ३ गते बसेको संचालक समितिको बैठकबाट २०७४/७५को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय भएको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ दशमलव ८० रुपैयाँको ४ दशमलव ०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई वार्षिक साधरण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित : ५ फाल्गुन २०७५, आईतवार १०:५१