आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरापालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरापालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि संझौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका, सर्लाहीबीच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरे ।

उक्त संझौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासी दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुघटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुनेछ ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहीबार १४:३२