प्रिमियर इन्स्योरेन्स कम्पनीले ५ करोड ८८ लाख कमायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियर इन्स्योरेन्स कम्पनीले ५ करोड ८८ लाख कमायाे



काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ७९ प्रतिशतले बढेको हो ।

गत बर्षको सोहो अवधिमा प्रिमियर इन्स्योरेन्सले नाफा ५ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रिमियमले जगेडाकोषमा ६० करोड १० लाख रुपैयाँ, बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ३ करोड ८९ लाख रुपैयाँ छुटाएको छ । जसको आम्दानी ६९ दशमलब ५६ प्रतिशतले बढेर १५ करोड ६५ लाख रुपैयाँ कमाएको छ भने खर्च भने १५५ दशमलब २६ प्रतिशतले बढेर ९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : 14 February, 2019 1:50 pm