काठमाडाै । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ हजार ४ सय ५३ कित्ता सेयर बिहीबार (अाज) देखि लिलामी खुलेको छ । महुलीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले यसअघि गत मंसिर ११ देखि पुस १६ गतेसम्म ५० प्रतिशत (३ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्नेछ । महुलीको दोस्रो बजारमा बुधबार प्रतिकित्ता १३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं सहित महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजार तथा सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद फागुन १३ गते दिउँसो ३ बजेसम्म हुनेछ ।






Comment