सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापारिक साझेदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापारिक साझेदारी



काठमाडौँ / सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौता पश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्रा्ष्ट्रिय विदेशी विनिमयसँग सम्बन्धित सुविधा निर्वाध प्राप्त गर्न सक्ने सनराइज बैंकले जनाएको छ ।
सम्झौताबाट गरिमा विकास बैंकका ग्राहकको बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकता सहज पूरा हुने सनराइजद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको थियो ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहीबार १०:००