जनता बैंक नेपाल लिमिटेडले पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ ,सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंक नेपाल लिमिटेडले पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ ,सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण



काठमाडौं / जनता बैंक नेपाल लिमिटेडले पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरिएको छ भने एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ, साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् ।

यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहीबार ०९:५५